८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

चिसंखुगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु



.
ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ८ माम्खामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । आज साँझ ५ बजेको समयमा माम्खा–मझुवा कच्ची सडक खण्डको पहरे भिरमा माम्खाबाट मझुवा तर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा चिशंखुगढी गाउँपालिका ४ रातमाटे मझुवा बस्ने ३५ वर्षीय हस्त बहादुर बि.क.को घटनास्थलमै मृत्यु भएको हो ।
माम्खाबाट मझुवातर्फ जाँदै गरेको बा.प्र. ०२–०१६ प ८५३२ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी २ सय मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो । घटनापश्चात् रुम्जाटारस्थित विमानस्थल सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले सबै कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : ५० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित