८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

नगरपलिकास्तरीय अन्तर माध्यमिक भलिबल प्रतियोगितामा सगरमाथा विजयी



ओखलढुंगा (रेडियो ओखलढुंगा ) नगरपलिकास्तरीय अन्तर माध्यमिक भलिबल प्रतियोगितामा लालीगुराँस इगंलीस स्कुलललाई हराउँदै सगरमाथा जनता मावि प्रथम भएको हो ।प्रथम भएका सगरमाथा जनता माविले नगद ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो बनेको लालीगुराँस इगंलीस स्कुलले २० हजार र तेस्रो भएको चम्पादेवी मावि सल्लेरीले १० हजारका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सिद्धिचरण नगरपालिका –१२ को आयोजना र सगरमाथा जनता माध्यमिक विद्यालयको संयोजनामा जेठ ३२ गतेबाट २ गते सम्म सञ्चालन भएको थियो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराको साथ आयोजना भएको नगरपलिकास्तरीय अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगितामा नगरका ८ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ३ : १७ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित