१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

ओखलढुंगाका ८ स्थानीय तहले ल्याए बजेट,कसको कति ?



ओखलढुंगा( रेडियो ओखलढुंगा )ओखलढुंगाका आठ स्थानियतहले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् १० असारभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आठ स्थानीय तहले निर्धारित समयमै बजेट ल्याएका हुन् ।
कसको कति ?
ओखलढुंगामा आगामी आर्थिक वर्षका लागि सबभन्दा धेरै सुनकोशी गाउँपालिकाले बजेट ल्याएको छ । १५ औँ गाउँसभा बैठकबाट गाउँपालिकाले ५६ करोड ६१ लाख ६५ हजार बजेट प्रस्तुत गरेको छ । यस्तै मोलुङ गाउँपालिकाले १५ औं गाउँसभाबाट ४७ करोड ३९ लाख ६७ हजार एक रुपैयाँ बजेट सार्वजनिक गरेको छ । १६ औँ गाउँसभाबाट लिखु गाउँपालिकाले ३९ करोड २९ लाख ९० हजार एक सय ७५ रुपैयाको कुल बजेट प्रस्तुत गरेको छ । यस्तै चिसंखुगढी गाउँपालिकाले १५ औं गाउँसभाबाट कुल ४४ करोड ३६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको छ । १५ औं गाउँसभाबाट मानेभन्ज्याङ गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि ४७ करोड ९१ लाख ७३ हजार ७८ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
चम्पादेवी गाउँपालिकाले १५ औं गाउँसभाबाट ४५ करोड ७२ लाख ३० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । खिजीदेम्बा गाउँपालिकाले १६ औं गाउँसभाबाट ३७ करोड ८४ लाख ९७ हजारका बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ ।यस्तै सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६६ करोड ८१ लाख पाँच हजार आठ सय १७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि निति तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि नगरपालिकाको १४ औँ नगरसभामा उक्त बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये नगरपालिकाको आन्तरिक आय एक करोड ७५ लाख र मालपोत कार्यालयबाट घर जग्गा रजिष्ट्रेशन दस्तुर बाडफाडबाट ६५ लाख, राजश्व वाडफाँड संघीय सरकार १० करोड ४८ लाख रहेको छ ।
यसका साथै सवारी साधन कर वाडफाँड प्रदेश सरकार ८३ लाख ४८ हजार, संघीय सरकारबाट वित्तीय सामानीकरण अनुदान १० करोड ४५ लाख, समपुरक अनुदान ५० लाख, विशेष अनुदान एक करोड ५५ लाख र सशर्त अनुदान ३५ करोड ४२ लाख २१ हजार रहेको छ ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण ६३ लाख ८७ हजार, समपुरक अनुदान एक करोड ३० लाख र सशर्त अनुदान एक करोड ७० लाख ४६ हजार र बाँकी नपुग रकम आ.व. २०८०–८१ बाट बैङ्क मौज्दात अल्या एक करोड ५३ लाख ३ हजार ८ सय १७ रुपैया अनुमान गरिएको छ ।
आगामी वर्षका लागि ११ करोड ६१ लाख तीन हजार तीन सय मात्र विनियोजन गरिएको उपमेयर केदारबाबु बस्नेत मार्फत सार्वजनिक बजेटमा उल्लेख गरिएको छ । सबै स्थानियतहले कृषि, पर्यटन र स्वास्थ्य, शिक्षालाई प्रथामिकता दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  २ : १३ बजे