२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

चिशंखुगढीमा पहिरोमा परि १ जनाको मृत्यु, २ जना घाईते



ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगामा पहिरोले घर र गोठ बगाउँदा १ जनाको मृत्यु र २ जना घईते भएका छन् । आज राति २ बजेको समयमा आएको पहिरोमा परि चिशंखुगढी गाउँपालिका वडा न. ५ थुम्की बस्ने स्थानिय देवी कुमारी खत्रीको मृत्यृ भएको हो । पहिरोमा परेर निजको श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री घाईते भएका छन् । उनिहरुको अहिले स्थानिय स्वास्थ्य चौकिमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सूचना अधिकारी विजय कार्किले जानकारी दिनु भयो । यस्तै पहिरोबाट भएको चौपाय र अन्य क्षतिको बारेमा बुझ्ने काम भईरहेको छ । घटना स्थलमा थप उद्वार कार्य र कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक को कमाण्डमा प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  २ : २४ बजे