८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

मोलुङका ४ ओटा वस्ती पहिरोको उच्च जोखिम्मा



ओखलढुंगा (रेडियो ओखलढुगा )ओखलढुंगाको मोलुङ गाउँपालिका –७ का ४ ओटा वस्ती पहिरोको उच्च जोखिममा परेको छ । गएराती परेको अविरल वर्षातको कारण मोलुङ गाउँपालिका – ७ का गौरीडाँडा , जेसे पहरी वस्ती , गुरुङवारी तामाङ वस्ती रचने लगायतका ३५ घर पहिरोको उच्च जोखिमा रहेको हो । गाँउको बिचबाट पहिरो गएकोले बस्ति जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी विजय कार्किले जानकारी दिनुभयो । साथै सुरक्षाका लागि उक्त जोखिम युक्त क्षेत्र तर्फ अस्थाई प्रहरी पोष्ट तालकोटबाट प्रहरी टोलि खटिगएको जिल्ला प्रहरी कार्यलयले जनाएको । राति साढे ११ बजेको समयमा ठूलो आवाजसहित पहिरो झरेको थाहा पाएपछि स्थानीयले भागेर ज्यान जोगाएको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । पहिरोले ३ वटा भैंसी र एक हल गोरु बगाएको छ । पहिरोबारे जानकारी पाउनासाथ घटनास्थलतर्फ प्रहरी टोली खटिएको छ । उच्च जोखिममा रहेका वस्तीलाई सुरक्षित स्थानमा वस्ने व्यवस्थाको पहल भईरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ७ : ३३ बजे