८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

राँगादिप पहिरोको जोखिममा



ओखलढुंगा (रेडियो ओखलढुंगा ) केही दिन देखी भईरहेको अविरल बर्षाका कारण मोलुङ गाउँपालिका ८ राँगादिप पहिरोको जोखिममा रहेको छ । असार १७ गते राती परेको अविरल वर्षातले वडा नं – ८ रागादिपका आईतीराज राईको घरको दक्षिण पट्टी करिब २ मिटर भाँसिएकोले बर्षात हुँदा पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । यस्तै सोही वडाका गुँरासेडाँडा बस्ने नेप्टी माया राईको घरको बारीको कान्ला भत्क्किएर घरको पेटी सम्म आईपुगेकोले थप बर्षाद हुदै गएमा उक्त घरमा समेत क्षेती हुन सक्ने भएकोले छिमेकी समिर राईको घरमा सारेका छन । सोही स्थानका प्रेम कुमार राई, मन कुमारी राई, दिपक राई, कर्ण बहादुर राई, बिमला राई, धन कुमारी राई, जिमिङ्ग राई, बिनोद राई, सन्तोष राई, शान्ता राई, जीत कुमार राई, आइति राज राईको घर समेत जोखिममा रहेको जिल्ला प्रहरीले जनाएको छ । साथै सोमफुरी शेर्पा र मिङमार तेन्जी शेर्पाको घर समेत उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । यस्तै मोलुङ गाउँपालिकाको पहिरो अध्ययन प्रतिवेदनले २४ स्थानमा पहिरोको जोखिम रहेको देखाएको छ । यस्तै असार १७ गते राति परेको अबिरल वर्षा सँगै आएको पहिरोको कारण उच्च जोखिम्मा रहेका मोलुङ –७ का ११ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जेसेका ५ घर परिवार मध्य १ घरलाई जेसे मा.वि. मा र अन्य ४ घर परिवारलाई आफ्न्तको घरमा सारिएको छ । यस्तै रचनेका ६ घर परिवारलाई आफ्न्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनु भयो ।
पहिरोका कारण तेज बहादुर सुनुवारको जस्ताको छानो भएको १ तले घरमा सामान्य क्षति भएको र बस्तुको गोठ पहिरोले बगाउँदा २ वटा गोरुको मृत्यु भएको अवस्थामा उद्वार गरिएको थियो ।
अम्बर बहादुर पहरीको जस्ताको छानो भएको १ तले घरमा सामान्य क्षति भएको र निजको वस्तुको गोठ पहिरोले पुरिदा १ वटा भैसी घाईते अवस्थामा उद्वार गरिएको र १ वटा पाडो बेपत्ता भएको थियो ।
सोहि स्थान बस्ने टेक बहादुर पहरीको र पेशल बहादुर पहरीको ढुङगा माटोको गारो, जस्ताको छानो भएको १ तले घर र घर भित्र रहेको सरसामानहरु पहिरोले पुरि पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ३ : ०५ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित