ओखलढुंगामा मुटुको चाल रोकिएका बिरामीलाई बचाउनका लागि गरिने आकस्मिक प्रक्रिया बारे तालिम दिइएको छ। जिल्ला प्रहरी कार्यालय ओखढुंगाको आयोजना तथा ओखलढुंगा सामुदायिक अस्पतालको सहयोगमा २५ जना प्रहरीलाई सैद्धान्तिक र प्रयोगात्मक कार्डियो पल्मोनरी रिससिटेसन (सिपिआर) दिने सम्बन्धी तालिम दिइएको हो । विभिन्न घटना तथा दुर्घटनामा प्रहरी सबैभन्दा पहिले घटनास्थलमा पुग्ने भएकाले बिरामीको ज्यान जोगाउने उद्वेश्यले तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुईटेल बताउनुभयो।
तालिममा सामुदायिक मिसन अस्पताल प्रमुख डा. रोशन खरेल, डा. अंकित श्रीवास्तव, डा. अन्वेद कोईराला र डा. आकृति कोईरालाले प्रहरीहरुलाई (सिपिआर) कस्तो अवस्थामा दिने, कसरी दिने र के कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
२० असार २०८१, बुधबार
26
Shares