२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

मोलुङ – ७ पात्लेको एक घरमा आगलागि



ओखलढुंगा (रेडियो ओखलढुंगा) मोलुङ गाउँपालिका वडा न. ७ पात्लेमा एक घरमा आगलागि भएको छ । स्थानिय डानु भोटेको घरमा आज दिउँसो १ (एक) बजेको समयमा आगलागि भएको हो ।
आगलागिबाट करिब १,५०,००० (एक लाख पचास हजार) बराबरको क्षति भएको छ । खाना खाएर आगो ननिभाई मेलापातमा गएको बेला अचानक सल्केको आगोले घर र घर भित्र रहेको सम्पुर्ण सामानहरु , सोलार १ थान, १२ भोल्टको ब्याटी १ थान, लाभा कम्पनिको सादा मोबाईल १ थान जलेर नष्ट हुदा १,५०,००० (एक लाख पचास हजार) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक विजय कार्किले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक कार्किका अनुसार आगलागी भईरहेको अवस्थामा घर भित्रबाट सामान निकाल्ने क्रममा डानु भोटेको दुवै खुट्टाको पैतालामा सामान्य चोट लगेकोले स्थानिय मेडीकलमा उपचार गराइ अहिले अवस्था सामान्य रहेको छ । आगो स्थानिय बासी र नेपाल प्रहरीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  ११ : ४७ बजे