८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

ओखलढुंगामा पहिरोले टहरमा क्षती : २ जना घाईते



ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको सिद्धिचरण नगरपालिका स्थित जिविसमा पहिरोमा पुरिएका ४ जनालाई उद्धार गरिएको छ । हिजो देखी परेको अविरल बर्षाका कारण आज दिउँसो सिद्धिचरण नगरपालिका – १२ स्थित जिविसमा पहिरो जाँदा पसलसहितको अस्थायी टहरामाथिबाट खसेको पहिरोले परिवारका ४ जनालाई पुरेकोमा प्रहरी र स्थानीयले तत्काल उद्धार गरेका हुन् । पहिरोमा परेर भोजपुर घर भई हाल जिविसमा होटल संचालन गर्दै आएकी ३० वर्षिया ईन्दिरा खत्री (बिष्ट) र उनका १३ बर्षिया छोरी लक्ष्मी बिष्ट घाईते भएकी हुन ।
घाईतेहरुलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ । नेपाली सेना, नेपाल प्रहरी नगरप्रहरी, शसस्त्र प्रहरी र स्थानीयले पहिरो पन्छाउने काम गरिरहेका छन् । थप क्षतीको विविरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  १२ : २४ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित