ओखलढुंगा (रेडियो ओखलढुंगा )जिल्ला प्रहरी कार्यलय ओखलढुंगाद्धारा नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सिद्धिचरण नगरपालिको सभाहलमा आज सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काको अध्यक्षतामा भएको नागरिक सुनुवाई कार्यक्रमको पहिलो चरणमा जिल्ला प्रहरी कार्यलयले चालुआर्थिक बर्ष २०८०⁄८१मा गरेको कार्यविवरण प्रस्तुत गरेको थियो ।यस्तै समग्र ओखलढुंगा जिल्लाको वस्तुस्थित शान्ती सुरक्षा तथा अपराधको अवस्था साथै जिल्लाभरका विभिन्न समयमा सञ्चालन भएका सचेतनामुलक कार्यक्रमहरु सम्बन्धी प्रस्तुतीकरण जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी मनिष लुईटेलले प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रमको दोस्रो चरणममा उपस्थित सहभागीहरुबाट प्रहरीको कामकार्बाही र जिल्लाको शान्ती सुव्यवस्था सम्बन्धी आफना जिज्ञासा तथा सुझाव राख्न समय दिएको थियो । कार्यक्रमा सहभागीहरुले पछिल्लो समय लागुऔषध दुर्व्यसन बढेको भन्दै यस क्षेत्रमा प्रहरीले जोड दिनुपर्ने सुझाव राखेका थिए । यस्तै विपद् व्यवस्थापन, अवैध मदिरा नियन्त्रण ,साईवर अपराध लैङ्गिक हिंसा, यौन दुव्र्यवहार जातीय छुवाछुत सडक सुरक्षा , यातायात लगायत विषयमा जिज्ञासा र सुझावहरु सहभागीहरुले राखेका थिए । सहभागीबाट उठेका स्थानीय सरकारसँग जोडिएका शान्ति–सुव्यवस्था सम्बन्धी जिज्ञासा तथा सुझावहरुलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले विगतका दिनहरुमा भन्दा अहीले प्रहरी अझ सकृय भएको र आम नगरवासीले सुरक्षाको अनुभूति गरेको बताउनुभयो । उहाँले स्थानीय सरकार र प्रहरीको संयुक्त प्रयासबाट मात्रै अपराध न्यूनीकरण तथा शान्ति सुव्यस्था कायम गर्न सकिने कुरालाई जोड दिँदै विपद् उद्दारमा सम्पूर्ण सुरक्षा निकाय र स्थानीय सरकारको अझ सशक्त संयुक्त प्रयास आवश्यक रहेको समेत बताउनुभयो । त्यस्तै नागरिगको जिज्ञासा तथा सुझाव सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले प्रहरीले कुनै अपराधको सम्बन्धमा एउटा सानो सूचना मात्र पाए अपराधी प्रहरीबाट बच्न नसक्ने भन्दै प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको बताउनुभयो । सीमित जनशक्ति, अपर्याप्त श्रोतसाधनका बाबजुत पनि प्रहरी कर्तव्यपालनामा अविचलित रहेको र शान्ति–सुव्यवस्था खलबल्याउने तथा अपराधिक गतिविधी गर्ने सम्बन्धमा कुनै सूचना भए तत्कालै प्रहरीलाई खबर गर्न समेत सहभागीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले सहभागीहरुबाट उठेका जिज्ञासा तथा सुझाव सम्बोधन गर्दै सूचनाको हक नागरीकको मौलिक हक भएको र यस्ता कार्यक्रमले प्रहरी सेवा अझ पारदर्शी तथा जनमुखि बन्ने विश्वास व्यक्त व्यक्त गर्नुभयो । समाज विकासमा सबैभन्दा पहिला नागरिक नै सचेत हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रम नगर उप–प्रमुख केदारबाबु बस्नेत, सशस्त्र प्रहरी बल नेपालको जिल्लास्थित कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित कार्यालय प्रमुख माधव विष्ट, सिद्धिचरण नगरपालिका ओखलढुंगाका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्मा, वडाध्यक्षहरु, नेपाली सेनाको दुर्गाबक्स गण, सगरमाथा जनता माध्यमिक विद्यालय, लालीगुराँस ई. विद्यालय, जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाका प्रतिनिधी (कर्मचारी÷शिक्षक÷विद्यार्थी), पत्रकार तथा अन्य प्रहरी कर्मचारीको उपस्थित रहेको थियो ।
२७ असार २०८१, बुधबार
64
Shares