३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

एसईई ग्रेडवृद्धिको तीन परिक्षा केन्द्र निर्धारण



ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा एसईईको ग्रेडबृद्धि परीक्षाका लागि तीन परिक्षा केन्द्र निर्धारण गरिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने परिक्षाका लागि तीन परिक्षा केन्द्र निर्धारण गरिएको हो । जिल्ला परिक्षा समन्वय समिति ओखलढुंगाको मंगलबार बसेको बैठकले जिल्ला सदरमुकामका स्थित सगरमाथा जनता माध्यमिक विद्यालय, भगवति मावि मानेभन्ज्याङ र चण्डेश्वरी मावि रगनीलाई परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख भरत बहादुर भट्टराईले जानकारी दिनुभयो । यस्तै प्राविधिक धारतर्फका सबै विद्यालयका लागि भने परिक्षा केन्द्र सगरमाथा जनता माध्यमिक विद्यालयमा तोकिएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले दुई विषयसम्म नन्ग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो । तर शिक्षा मन्त्रालयले नन्ग्रेडिङमा परेका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्डले साउन २३ देखि देशभर परीक्षा सञ्चालन गर्ने भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : २६ बजे