२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

आज गुरु पूर्णिमा अर्थात् गुरुलाई सम्मान गर्ने दिन



ओखलढुंगा (रेडियो ओखलढुंगा) असार शुक्ल पूर्णिमा अर्थात ज्ञानको ज्योति दिने गुरुको सम्मान गर्ने दिन ।
आज दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ’गु’को अर्थ अन्धकार र ’रु’ भन्नाले प्रकाश बुझिन्छ ।
गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ । शिक्षा लगायत जिवन उपयोगि सकारात्मक ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूलो मान्ने सनातन वैदिक धर्मको मान्यता रहेको छ । जन्म दिने, संस्कार दिने, मन्त्र दिने र वेद पढाउनेलाई मनुस्मृति अनुसार गुरु भनिन्छ ।
आज १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि मनाइँदैछ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ०८ बजे