ओखलढुंगा ( रेडियो ओखलढुंगा ) नेपाल शेर्पा संघको आयोजनामा ११ दिने शेर्पा तथा नेपाली भाषा उद्घोषण तथा भाषण प्रशिक्षण शुरु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ५ मानेडाँडा चित्रेमा प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षणको सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले एक औपचारिक कार्यक्रमकावीच आज उद्घाटन गर्नुभएको संघका जिल्ला अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
३८ जना स्थानीय युवाहरु सहभागि प्रशिक्षण विहान र बेलुका गरी दुई चरणमा सञ्चालन हुने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
एक सत्रमा शेर्पा र अर्को सत्र नेपाली भाषामा उद्घोषण र भाषणकला प्रशिक्षणको सहजिकरण सेर्कु शेर्पाले गर्नु हुने जनाइएको छ । उपमेयर बस्नेतको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय सचिव तथा पत्रकार महासंघ ओखलढुंगाका अध्यक्ष लाक्पा जी शेर्पा, सिद्धिचरण १२ का वडा अध्यक्ष उमंग श्रेष्ठ, किरात राई यायोक्खाका अध्यक्ष थगेनद्रराज राई लगायतले शुभकामना आआफ्नो भनाई राख्नु भएको थियो । विभिन्न व्यक्तिहरुको अािर्थक सहयोगमा तालिम शुरु भएको र यसले युवाहरुको क्षमता र बौद्धिक विकासमा सघाउ पुग्ने तालिम संयोजक निमा शेर्पाको भनाई छ ।
७ श्रावण २०८१, सोमबार
702
Shares