ओखलढुंगा ( रेडियो ओखलढुंगा ) सिद्धिचरण नगरपालिका १२ सितलपुरमा एक बालकको लडेर मृत्यु भएको छ । केही दिन अघि घरछेउमा लडेका १२ वर्षिय सौरव राईकोे उनको आज मृत्यु भएको हो । लडेर उनको बाँया खुट्टाको घुडा समेतमा चोट लागि उनलाई घरमा नै राखिएको थियो ।आज बिहानबाट थप समस्या देखिएपछि उपचारको लागी सामुदायिक मिसन अस्पताल ओखलढुंगामा ल्याइएको थियो । डाक्टरले चेकजांच गरी हेर्दा उनको मृत्युु भैसकेको प्रहरीले जनाएको छ । प्रहरीले कानुनि प्रकृया पुरा गरि मृत लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल रुम्जाटार तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यसैविच बिरामी भई उपचारको लागि जिल्ला बाहिर लैजाने क्रममा १ जनाको मृत्यु भएको छ । सप्तरीको मझौरा घर भई बिगत २०÷२२ दिन देखी जिल्लाको सिद्धिचरण नगरपालीका १२ भैरबटोल स्थित छोरी ज्वाईकोमा बस्दै आएका अन्दाजी बर्ष ७० को कृष्णप्रसाद मण्डलको मृत्यु भएको हो । बिरामी भएपछि उनलाई आज बिहान सप्तरी घरतर्फ ओखलढुङगा बाट बिराटनगर जाने गाडीमा लैजाने तयारी गरिएको थियो । पहिले निश्चित गरिएको गाडीमा यात्रु कम भएकोले गाडी नजाने भएपछि अर्को गाडीमा लान भनी उक्त गाडी बाट निकाली बाटोमा राखिएको थियो । सोहि अबस्थामा उनको सिद्धिचरण नगरपालिका ११ स्थित मिलनचोकमा मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलिले कानुनी प्रकृया र पोष्टमार्टम पश्चात शव आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
१० श्रावण २०८१, बिहिबार
276
Shares