ओखलढुंगा ( रेडियो ओखलढुंगा ) दुबईमा फासिका सजाय सुनाएका ओखलढुंगाका भुवन श्रेष्ठ नेपाल आईपुगेका छन् । चिशखुगढी गाउँपालिका ३ दियालेका भवन श्रेष्ठ चन्दा संकलनबाट ब्लडमनि तिरे पछि आज विहान २ बजे काठमाडौँ नेपाल आइपुगेका हुन् ।ओखलढुंगाका भुवन श्रेष्ठ, धादिङका पहलमान थापा र नवलपरासी मध्यबिन्दु ११ का बाबुराम आले मगर दुवईमा एउटै कोठामा बस्ने गरेका थिए । आलेमगर बिरामी भएपछि उपचारको लागि अस्पताल लाने क्रममा उनको मृत्यु भएपछि ओखलढुंगाका श्रेष्ठ र धादिङका थापा लाई प्रहरीले हत्याको आरोपमा पक्राउ गरेको थियो । उक्त घटनामा श्रेष्ठ र थापा लाई फासिको सजाए सुनाएको थियो ।मृतका परिवारसँग भएको समझदारी अनुसार ५०÷५० लाख रुपैयाँ ब्लडमनी तिरेको खण्डमा भुवन र पहलमान जीवितै नेपाल फर्कन सक्ने सहमति पछी श्रेष्ठका परिवार र आफन्तले सहयोग रकम जुटाउन थालेका थिए । भुवन नेपाल फर्किएपनि पहलमान अझै जेलमै छन् । कानूनी प्रकृया पुरा गरेर उनलाई पनि नेपाल फर्काउने पहल भईरहेको छ ।
१० श्रावण २०८१, बिहिबार
26
Shares