ओखलढुंगा (रेडियो ओखलढुंगा) बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा न – ८ का ७५ ७५ वर्षिय फरार प्रतिवादी दान बहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको हो । कार्कीलाई २०७९ साल असार ३१ गते सम्मानित ओखलढुंगा जिल्ला अदालत बाट पाँच हजार जरिवाना र २ महिना १३ दिन कैद फैसला गरेको थियो । निज प्रतिवादीलाई विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेर पक्राउ गरीएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मार्फत उनलाई आजै अदालत पेश गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
११ श्रावण २०८१, शुक्रबार
128
Shares