ओखलढुंगा (रेडियो ओखलढुंगा ) चम्पादेवी गाउँपालिकामा बोतलजन्य पेयपर्दाथ र प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाको गत असार २५ गते बसेको गाउँसभाबाट प्लास्टिक तथा बोतलजन्य पेयपर्दाथ प्रयोगमा प्रतिबन्ध लगाएको हो । प्लास्टिक तथा बोतलजन्य हानिकारक पेय पदार्थको सेवनले स्थानिय बासिहरुको स्वास्थ्यमा गम्भिर असर परी रोगी बनाउने तथा स्थानीय अर्थतन्त्रलाई समेत कमजोर बनाउनुको साथै महिला तथा घरेलु हिंसालाई फैलिन नदिन सो निर्णय गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद सुवेदीले बताउनुभयो । साउन ३ गतेबाट नै आयतमा पुर्ण रुपमा रोक लगाइएको बताइएको छ । हालसम्म आयत गरेका पेय पर्दाथलाई असोज २ गतेभित्र पुर्ण रुपमा विक्रि गरिसक्नुपर्ने पालिकाले जारी गरेको सुचना उल्लेख छ । कोक, मिरिन्डा, फ्यान्टा, मिरिन्डा, फ्रुटी, डिउ, रेडबुल, इर्नजी ड्रिंक र बजारीय मदिराजन्य पर्दाथहरु विक्रिवितरण तथा सेवनमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ ।
११ श्रावण २०८१, शुक्रबार
8
Shares