२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते



ओखलढुंगा (रेडियो ओखलढुंगां) मोटरसाईकलको ठक्करबाट ८ वर्षीय बालक घाईते भएका छन् । शनिबार ५ः३० बजेको जिल्लाको सिद्विचरण नरपालिका – ११ मिलनचौक स्थित रमाईलो डाडाबाट लगलगे तर्फ जादै गरेको मोटरसाईकलको ठक्करबाट मिलनचौक बस्ने गणेश बहादुर कालिकोटेको छोरा ८ वर्षीय अर्पण कालिकोटे घाईते भएका हुन् ।
बागमती प्र–०२–०४८ प १६३५ नम्वरको मोटरसाईकलको ठक्करबाट बालकको टाउकोमा चोट लागेकाले उपचारको लागि तत्काल ओखलढुंगा सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात बालककलाई केएमसी अस्पताल काठमाण्डौँ रेफर गरि हाल उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मनिष लुईटेलले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक लुईटेलका अनुसार घटनाको थप अनुसन्धान भईरहेको रहेको छ ।
मोटरसाईकल चालक सिद्धिचरण नगरपालिका वडा नं.–११ बसपार्क बस्ने २१ वर्षीय विवेक बाबु गिरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नियन्त्रणमा रहेको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ५५ बजे