२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

खिजिदेम्बामा पहिरोका कारण ३ घर जोखिममा



ओखलढुंगा (रेडियो ओखलढुंगा) अविरल वर्षाका कारण आएको पहिरोले खिजीदेम्वा गाउँपालिका वडा न. १ सेल्पुमा ३ घर जोखिममा परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका १ सेल्पुमा आज राति परेको वर्षाका कारण आएको पहिरोले टोप बहादुर खत्री को २ वटा घर र शिव बहादुर खत्रीको घर जोखिममा परेको हो । घर परिवार, भाडा वर्तन, अन्नपात र पशुचौपायलाई सुरक्षित स्थानमा सार्ने तयारी भई रहेको वडा अध्यक्ष कुमार सुनुवारलले जानकारी दिनुभयो । मानवीय र पशुचौपायको क्षती नभएको मानवीय र पशुचौपायको क्षती नभएको वडा अध्यक्षले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : १४ बजे