ओखलढुंगा (रेडियो ओखलढुंगा) । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति, ओखलढुंगाद्धारा आयोजित ९ दिने उद्घोेषणा तथा भाषण कला तालिम सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ५ मानेडाँडामा आयोजित शेर्पा तथा नेपाली भाषाको भाषण तथा उद्घोषण तालिम सम्पन्न भएको हो ।
साउन ७ गतेबाट शुरु भएको तालिममा ५० भन्दा बढी युवाहरुको सहभागि थिए । तालिममा सहभागिहरुलाई संघका जिल्ला अध्यक्ष पेम्बा शेर्पाको अध्यक्षता आयोजित समापन समारोहकाबीच प्रमाण पत्र प्रदान गरेको तालिम संयोजक निमा शेर्पाले जानकारी दिनुभयो ।
युवाहरुको बौद्धिक क्षमता विकास गरी नेतृत्व गर्न सकोस् भन्ने हेतुले आयोजित तालिमको सहजिकरण शेर्कू शेर्पाले गर्नुभएको थियो । विहान र बेलुकी गरी दुई चरणमा सञ्चालित तालिम आयोजना गर्न विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए ।
संघले यसअघिपनि शेर्पा युवाहरुको क्षमता विकास तथा शेर्पा संस्कार, संस्कृति सम्बद्र्धन गर्ने खाले तालिमहरु नियमित रुपमा आयोजना गर्दै आइरहेको थियो ।
१६ श्रावण २०८१, बुधबार
84
Shares