१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

चम्पादेवीमा आठ घर पहिरोको जोखिममा




ओखलढुंगा (रेडियो ओखलढुंगा ) गत राती देखि परेको अबिरल बर्षाको कारण ओखलढुंगाको चम्पादेवी गाउँपालिका – ४ सौरेनीका झन्डै ८ घर जोखिममा परेका छन । पहिरोले स्थानिय श्याम बहादुर कार्की, नरेन्द्र कार्की, निर्पध्वज कार्की, लगायत अन्य व्यक्तिहरुको घर जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका अनुसार पहिरोले श्याम बहादुर कार्कीको गोठ समेत पुरिएको छ । गोठ पुरिदा एउटा गाई मरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ०९ बजे