ओखलढुंगा (रेडियो ओखलढुंगा )उँबुमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । आज मानेभञ्ज्याङ गाउँपालिका –३ उँवुमा बर्ष ५१ को पृथ्वी बहादुर राई मृत अवस्थामा फेला परेको वडा अध्यक्ष जितेन राईले जानकारी दिए । घाँस काटने जाने क्रममा एक स्थानिय महिलाले सय मिटर तल उनलाई मृत अवस्थामा देखिएको बताए । घटनाको अनुसन्धनका लागी जिल्ला प्रहरी कार्यलय ओखलढुंगाबाट प्रहरी टोली घटना स्थलतर्फ जाँदै गरेको अध्यक्ष राईले बताए ।
१७ श्रावण २०८१, बिहिबार
68
Shares