८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

लट्टेबारी टोलबिकास समितिले ग¥यो श्रमदानबाटै सरसफाइ




ओखलढुंगा (रेडियो ओखलढुंगा ) लट्टेबारी टोलबिकास समितिले श्रमदान मार्फत धार्मिक स्थल तथा गुम्बा हुँदै वडामा जाने गोरेटा बाटो सरसफाइ गरेको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ६ मा रहेको लट्टेबारी टोल बिकास समितिले आज एकैदिन छुट्टाछुट्टै स्थानमा गोरेटो बाटोहरु सरसफाइ तथा पुर्ण निर्माण गरेको हो । समितिले लट्टेबारी देखी धार्मिक स्थल साम्बा छोलिङ गुम्बा दुब्ले हुँदै वडा नम्बर ६ को वडा कार्यलय जाने सरसफाइ गरेको छ । यस्तै छिमेकी गाउँपालिका मोलुङ ६ र खिजिदेम्बा ६ को सिमाना बिजुलीको पावर हाउसमा रहेको स्थानीयहरुको घट्टा गाउँ जाने मुख्य गोरेटो बाटोहरु सरसफाइ तथा पुर्ण निर्माण गरिएको छ ।बर्खा लागेसँगै पैदल यात्रुहरुलाई हिडडुल गर्नलार्ई जंगली जनावरको समेत उच्च जोखिम हुने भएको केही सहजता हुन्छ भन्ने उदेश्यले गोरेटो बाटोहरु सरसफाइ तथा पुर्ण निर्माण गरेको लट्टेबारी टोल बिकास समितिका अध्यक्ष गोबिन्द कुमार खत्रीले जानकारी दिनुभयो ।अब सरसफाइ तथा पुर्ण निर्माण गरेपछि पैदल यात्रुहरुलाई केहि मात्रामा भएपनि आवातजावतमा सहज हुने विश्वास व्यक्त गरिएको छ ।लट्टेबारी टोल बिकास समितिले नयाँ साल लागेपछि विभिन्न स्थानमा अत्यन्तै झिर्ना रहेको तथा आवश्यकता भएको ठाँउ ठाँउमा श्रमदान मार्फत ४ वटा काठेपुल र ३ ठाँउको अती आवश्यकता रहेको गोरेटो बाटोहरु सरसफाइ तथा पुर्ण निर्माण गरेको अध्यक्ष खत्रीको भनाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १ : ०१ बजे