२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मानेभञ्ज्याङमा सुमो दुर्घटना हुदा १२ जना घाईते



धरानबाट ओखलढुंगा तर्फ आउदै गरेको सुमो दुर्घटना हुदा १२ जना घाईते भएका छन् ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिका ५ जेरुङ गाउँ काउलेपानी स्थित सिद्धिचरण लोकमार्गमा धरानबाट ओखलढुंगा तर्फ आउदै गरेको सुमो शुक्रबार २ः २० बजेको समयमा दुर्घटना हुदा चालक सहित १२ जना घाईते भएका हुन् । १ ज २८३५ नम्बरको सुमो अचानक अनियन्त्रित भई सडकक बाट अन्दाजी १० मिटर तल झर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्ष विजय कार्कीले जानकारी दिनु भयो । प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी टोलि खटि गई घाईतेहरुलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा तर्फ पठाएको छ ।
घाईतेहरुको विवरण निम्नः–
१. जिल्ला मोरंङ सुन्दर हरैंचा न.पा.६ बर्ष–१९ को सुमन लिम्बु ढाढ र दाहिने खुट्टा नचल्ने बाहिरी चोट पटक नभएको (चालक)
२.ऐ.बस्ने बर्ष ५० को उदय लिम्बु दाहिने पट्टीको चल्लिमा चोट ।
३. जिल्ला ओखलढुंगा चिशंखुगढी गाउपालिका १ बस्ने बर्ष २५ की राधिका राई ढाड नचल्ने बाहिरी चोट नदेखिएको।
४.ऐ.ऐ.बस्ने बर्ष ८६ की धनमाया मगर दाहिने गालामा चोट।
५. ऐ.ऐ. बस्ने निजकै नाती बर्ष २० को शेखर मगर बाहिरी चोट नदेखिएको ।
६ .ऐ.ऐ.बस्ने बर्ष २८ की सुनिता राई ढाडमा समस्या बाहिरी चोट ।
७.निजको छोरा बर्ष ३ को कवाङ तामाङ बाहिरी चोटपटक नदेखिएको अबस्था सामान्य ।
८.ऐ.ऐ.बस्ने बर्ष २५ को बेनि बहादुर कार्कीको नाकमा चोट अबस्था सामन्य ।
९.ऐ.ऐ.बस्ने बर्ष २१ को किरण कार्की बांया खुट्टामा चोट अबस्था सामन्य।
१०.ऐ.ऐ. बस्ने बर्ष ५६ की सिता कुमारी निरौला सामन्य।
११.ऐ.ऐ. बस्ने बर्ष ६० को पेषल कुमार निरौला सामन्य।
नोट ः– १ जना यात्रु तत्काल बोल्न नसक्ने भएकोले नाम थर वतन नखुलेको ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : ३९ बजे