२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

पहिरे खोला नजिकै सडक भासिदा यात्रु जोखिममा




ओखलढुंगा (रेडियो ओखलढुंगा )पहिरे खोला नजिकै ओखलढुंगा रामपुर सडक खण्डमा सडक भासिएको छ । मोलुङ गाउँपालिका २ अन्तर्गत पर्ने ओखलढुंगा रामपुर सडकखण्डको पहिरे खोला नजिकै सडक भासिएपछि यात्रुहरु जोखिममा परकोे हो । पहिरे खोलाबाट करिब एक सय मिटर नजिकैमा झण्डै २० मिटर सडक चर्किएर भासिएको मोलुङ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष कमल बानियाँले जानकारी दिनुभयो । बर्खाको समयमा सडक नजिकै मुल फुटेर पलाएको पानी सडकभित्र छिर्दा यस्तो अवस्था भएको उहाँले बताउनुभयो । बाटो मर्मतका लागि नेपाली सेना र शसस्त्र प्रहरीलाई खटाइएको जिल्ला प्रशासन कार्यलयले ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १ : ४९ बजे