२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

छोरालाई यातना दिने बुबा पक्राउ



ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगामा छोराहरूलाई यातना दिएको आरोपमा बुबा पक्राउ परेका छन ्। जिल्लाको खिजीदेम्वा गाउँपालिका वडा नम्बर ९ का फुरिङ्जी शेर्पा पक्राउ परेका हुन्। उनलाई दुई छोरामाथि यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। उनले छोरालाई रिस उठेको बेला तातो भाडाँमाथि राखिदिने, हातखुट्टा बाँधेर झुण्डाउने गरेको भिडियो सार्वजनिक भएको थियो ।सोही आधारमा उनलाई पक्राउ गरिएको ओखलढुंगा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ११ : ५३ बजे