ओखलढुंगा (रेडियो ओखलढुंगा) मोलुङ २ मा पर्ने पहिरे खोलामा अस्थायी रुपमा गोरेटो बाटो निमार्ण गरिएको छ । आज जिल्लाका सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन र नगर प्रहरीको संयुक्तरुपमा अस्थायी बाटो निमार्ण गरेको हो । हिजो परेको अविरल वर्षाको कारण आएको बाढीले सडक पूर्ण रुपमा बगाएको छ ।
ओखलढुंगा रामपुर सडक खण्डको पहिरे खोलामा हिजो माथिबाट झरेको पहिरोले खोलालाई दुई भाग बनाएको छ । सडक बगाएपछि विद्यार्थी, स्थानिय र बिरामीलाई आवतजावतमा समस्या भएको थियो । यस्तै सडक निकासका लागि जिल्ला प्रशासन कार्यलय ओखलढुगांले मन्त्रालयमा पत्रचार गरेको छ । आज विहान बसेको जिल्ला सुरक्षा निकायको बैठकको निर्णय अनुसार चाँडो सडक निकास खोज्न अनुरोध गर्दै आन्तरिक मामिला मन्त्रालय कोशी प्रदेश, सहरी विकास मन्त्रालय , गृह मन्त्रालय र भौतिक योजना मन्त्रालयमा पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी डा. नारयण ढकालले बताए ।
३० श्रावण २०८१, बुधबार
38
Shares