२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

अविरल वर्षाको कारण साउने र लिपेखोलाका ८ घर पहिरोको उच्च जोखिममा



ओखलढुंगा (रेडियो ओखलढुंगा ) मंगलबार देखी परेको अविरल वर्षाका कारण जिल्लाको मोलुङ गाउँपालिकाका ८ घर जोखिममा परेको छ । अविरल बर्षाका कारण मोलुङ गाउँपालिका वडा नं. १ साउने र वडा नं. २ लिपे खोला नजिकका घरहरू जोखिममा परेको हो ।बर्षाका कारण मोलुङ गाउँपालिका १ साउनेका महेन्द्र बि.क.को घर भएको जमिन भासिदा जोखिममा परेको हो । जमिन भासिदा बिकको ढुङ्गा माटोको गारो र जस्ताको छानो भएको २ तले घर भासिएको हो । उक्त घरमा दुई परिवारले बाडेर बस्ने गरेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले जानकारी दिए । अहिले उनीहरु छिमेकी टंक बहादुर बिकको घरमा सरी बसेको पनि प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए ।त्यस्तै वडा नं. २ को लिपेखोला बस्ने तारा बानिँयाको घरमाथिबाट पहिरो खसी घरभित्र हिलो लेदो पसेर जोखिममा परेको छ । सोहि पहिरोका कारण भगवती कार्की, गिता कार्कीको घर भित्र पनि हिलो लेदो पसेर घर जोखिममा परेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।
त्यस्तै गरि लिपेखोलामा नै कान्ता कार्की, गणेश कार्की, नानीमैया कार्कीको घर मुनीबाट पहिरो गएर गएर घर जोखिममा परेको र उनिहरूको परिवार नै विस्थापित भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।
त्यस्तै कुन्तादेवी गहतेका प्रेम कुमारी श्रेष्ठको घर माथिबाट पहिरो खस्दा घर भित्र ढुङ्गामाटो सहितको लेदो पसी जोखिममा रहेकोले उनीहरुको परिवार समेत विस्थापित भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ६ : ४५ बजे