२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

संस्थागत क्षमता स्वमूल्याङकनमा ओखलढुंगामा सिद्धिचरण पहिलो


१० भाद्र २०८१, सोमबार  

28
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा )स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा ओखलढुंगा जिल्लामा सिद्धिचरण नगरपालिका पहिलो भएको छ। सिद्धिचरण नगरपालिकाले ८०.७५ अंक प्राप्त गर्दै जिल्लामा पहिलो बनेको हो । ओखलढुंगा जिल्लामा एक मात्र नगरपालिकाको रुपमा सिद्धिचरण नगरपालिका रहेको छ । अन्य पालिकाहरुमा मोलुङ गाउँपालिकाले ७८.५० अंक प्राप्त गरेर दोस्रो भएको छ । चम्पादेवी गाउँपालिका ७१.७५ अंक प्राप्त गरेर तेस्रो भएको छ भने ७१.५० अंक ल्याएर चिशंखुगढी गाउँपालिका चौथो भएको छ । त्यसैगरी खिजिदेम्बा गाउँपालिकाले ६९.५०, सुनकोशी गाउँपालिकाले ६८.७५, मानेभन्ज्याङ गाउँपालिकाले ६२.२५ अंक प्राप्त गरेका छन् । ६१.५० अंक प्राप्त गरेर लिखु गाउँपालिका अन्तिममा रहेको छ । मन्त्रालयले स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवंम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन तथा सहकार्य र समन्वयमा विभिन्न सूचक राखेर अंकभार निर्धारण गरेको छ ।
स्थानीय तहले गरेको स्वमूल्यांकनलाई जाँच गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिलाई हुन्छ। त्यसपछि मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १० : ४० बजे