२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

नेकपा एमालेले आगामि दिनमा लयबद्ध रुपमा काम गर्ने, इन्चार्ज राईको भनाई


१३ भाद्र २०८१, बिहिबार  

46
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा) नेकपा एमालेले जिल्ला कमिटी कार्यकर्तालाई एउटै लयमा रहेर जिम्मेवारी, कर्तव्य निर्भाह गराउने भएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राईले सो कुरा बताउनुभएको हो ।
प्रेस चौतारी नेपाल ओखलढुंगाले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पटीको नीति, निर्देशन र विधि भन्दा बाहिर नरहि पाटीको एउटै लयमा रहेर प्रदेशको १४ वटै जिल्ला कमिटीहरु अगाडी बढाउने र पाटीको मुल मिसनमा पुग्ने बताउनुभयो । सबै जिल्लाहरुलाई प्रतिस्पर्धा र कामको आधारमा उर्ताने उहाँले बताउनुभएको छ । पाटीको कार्यविभाजन सम्बन्धीको नयाँ नीति अनुसार जिल्ला कमिटीको नयाँ कार्यविभाजन गर्दै गर्दा प्रदेश समितीलाई पालिका सम्मको जिम्मेवारी, जिल्लालाई वडा तह सम्मको जिम्मेवारी, पालिकालाई टोल सम्मको जिम्मेवारीमा पठाउने र टोल तहबाट घर घर सम्मको जिम्मेवारी तोक्ने नीति नेकपा एमालेले लिएको उहाँले बताउनुभयो ।
यस्तै एमालेले मिसन ८४ मा केन्द्रित भएर काम गर्ने, निराशामा रहेको मुलुकलाई आशामा बदलने तरिकाले नयाँ सरकारले काम गर्ने र नेकपा एमाले राष्ट्रिय संकल्पमा रहने समेत बताउनुभयो ।
नेकपा एमाले वर्तमान सरकारमा शक्तिको हैसियत रहदै गर्दा देशमा एउटा निर्णायक तहमा रहन बलियो र सुढृत पाटी निर्माण गर्न पाटी लागि परिरहेको बताउनु भएको छ । आगामि दिनमा नेकपा एमालेका कार्यकर्ताले पाटीलाई आच आउने खालका गतिविधि, नेताहरुको आलोचना र विरोध कुनै पनि सामाजिक सञ्जालबाट गर्ने छुट नरहेको समेत बताउनुभयो । ओखलढुंगा सहित अहिले सम्म प्रदेशको ९ वटा जिल्लामा बैठक सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  २ : ५२ बजे