ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले ४६ जना सगरमाथा आरोहीलाई सम्मान गरेको छ । खिजीदेम्बा गाउँपालिका भित्रका सबै सफल सगरमाथा आरोहीलाई आज काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । गाउँपालिकाकोे पर्यटन प्रवद्र्धन र आरोहीहरुको सम्मानको लागी सम्मानसहित सद्भावनादूत घोषणा गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बतानुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वसामु परिचित बन्न पुगेको बताएका छन् । ’सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको दाबी गरे । गाउँपालिका भित्रका ४६ जना सम्मानित हुनेमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पा पनि छ्न्। त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा शेर्पालाई घोषणा गरिएको थियो । कार्यक्रममा संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदिप सुनुवारले ओखलढुंगाको पर्यटन विकासका लागि पहल गरिरहेको बताएका थिए
१६ भाद्र २०८१, आइतबार
412
Shares