३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती


१७ भाद्र २०८१, सोमबार  

18
Shares


ओखलढुंगा ,राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं.१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको वि.सं.१९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पु¥याउनु भएको छ । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो ।भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नुभएको योगदान अतुलनीय छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १ : ४६ बजे