२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

स्वास्थ्य शिविरमा १२ सय बढीले सेवा लिए


१७ भाद्र २०८१, सोमबार  

20
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा )चम्पादेवीमा निशुल्क घुम्ती स्वास्थ्य शिविरमा १२ सय बढीले सेवा लिएका छन ।गाउँपालिकाले भदौ ७ गतेदेखी प्रत्येक वडामा सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा १२ सय ३० जनाले सेवा लिएका हुन् । शिबिरमा सेवाग्राहीको स्वास्थ्य परिक्षण ,दात परिक्षण ,मानसिक बिरामीहरुलाई मनोसामाजिक परामर्श तथा उपचार प्रदान दिर्घ रोगिहरुलाइ निशुल्क नियमित सेवन गर्ने औषधि वितरण गरिएको स्वास्थ्य चौकी फुलबारीका सिनियर अयब रमेश बस्नेतले जानकारी दिनुभयो । यस्तै पालिका भित्रका
७७ जना महिला सामुदायिक स्वास्थ्य स्वमसेबिकाहरुलाई सम्मान स्वरुप एक ÷एक थान झोला समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ११ : ४५ बजे