२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

तिजको अवसरमा कारगारका कैदीबन्दीहरुलाई दर


१९ भाद्र २०८१, बुधबार  

10
Shares


ओखलढुुंगा (रेडियो ओखलढुुंगा ) महिला सामुदायिक सुरक्षा जालो ओखलढुंगाले जिल्ला कारगारका कैदीबन्दीहरुलाई १५ हजार बढीको खाद्यान्न सामाग्री वितरण गरेको छ । सुरक्षा जालो ओखलढुंगाको अगुवाई र मेचीमहाकाली बुहारी आवास शाखाको सयुक्त आयोजनामा जिल्ला कारगार ओखलढुंगाका कैदीबन्दीहरुलाई १५ हजार १ सय ६० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो । आउँदै गरेको हरितालिका तिज पर्वको अवसर पारेर कैदीबन्दीहरुलाई पकाएको खानेकुरा खुवाउन नमिल्ने भएकाले आज दरको लागी आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको महिला सामुदायिक सुरक्षा जालो ओखलढुंगाका अध्यक्ष पेमडोमा शेर्पाले जनाकारी दिनुभयो । बन्दी जीवन बाट समाजमा फर्किदा सकारात्मक सोच लिएर फर्किनुपर्छ भन्ने सोचले जालो र मेचीमहाकाली बुहारी आवास शाखाका महिलाहरुले आर्थिक संकलन गरि कार्यक्रम राखिएको उहाँले बताउनुभयो । चिउरा मासु फलफुल मरमसला लगायतका सामगी्र कैदीबन्दीहरुलाई जिल्ला समन्वय समितिका उपप्रमुख तारा कार्कीले प्रदान गरिएको हो । ओखलढुंगा जिल्ला कारगारमा ७ जना महिला र ८६ जना पुरुष गरि ९३ जना कैदीबन्दी रहेका छन । सुरक्षा जालोले आर्थिक विपन्न, हिंसा पिडित, दीर्घ रोगी र विभिन्न दैविक प्रकोपबाट पिडित भएकाहरुलाई सहयोग गर्दै आएका छन ।समाजसेवी, शिक्षक, सञ्चारकर्मी, परामर्शकर्ता, कर्मचारी, राजनीतिज्ञ लगायत सर्वसाधारण महिलाहरु समेत जालोमा स्वच्छिक रुपले आबद्ध भएका हुन । सदस्यहरुबाट स्वइच्छाले मासिक कम्तिमा ५० रुपैयाँ दानपेटिकामा दान गर्ने गरिएको छ । दानपेटिकामा जम्मा भएको रकम र जन्मदिन, विवाह वर्षगाँठमा जम्मा भएको रकमबाट दुःखी पिडितहरुलाई सहयोग गर्दै आएको जालोले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : ४६ बजे