(ओखलढुंगा रेडियो ओखलढुंगा )ओखलढुंगामा हिजो राति परेको अविरल वर्षाले एक घर जोखिममा परेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका २ ठुलाछाप केउरेनीका गोविन्द सार्कीको घर जोखिममा परेको हो । ढुङगा माटोको गारो, जस्ताको छानो भएको २ तले घरसंग जोडिएर बनाएको ढुंगा माटो र जस्ताको छानो भएको २ तले भान्सा घरको गारो लडि जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
२१ भाद्र २०८१, शुक्रबार
12
Shares