२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

खिजीदेम्बामा पुनः स्थापना केन्द्रको सिलान्यास


३ आश्विन २०८१, बिहिबार  

36
Shares


ओखलढुंगा(रेडियो ओखलढुंगा ) ओखलढुंगाको खिजीदेम्बा गाउँपालिमा पुनः स्थापना केन्द्रको सिलान्यास गरिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत पुनस्र्थापना कोष र खिजीदेम्बा गाउँपालिकाको लागत साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुको लागी पुनस्र्थापना केन्द्रको (कोशेली घर) सिलान्यास गरिएको हो । पुनः स्थापना केन्द्रले पूर्ण अशक्त अपाङ्गता अभिभावक नभएका अपाङ्गता भएका व्यक्तिहरुको लागी आवास विभिन्न सिप मार्फत उत्पादन गरेका सामग्रीहरुको बिक्री बितरण कक्ष, अपाङ्गता भएका व्यक्तिहरुको सिप बिकासको लागी तालिम कक्ष, अपाङ्गता भएका व्यक्तिहरुको लागी आवासीय व्यबस्था निमार्ण हुनेछ । यस्तै भदौ ३१ गते अपाङ्गता जागरण मञ्चको प्रथम वार्षिक साधारण सभा तथा अधिबेशनबाट कमल कृष्ण तामाङ्गको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन भएको छ । संस्थाका पदाधीकारीहरुमा उपाध्यक्ष देबीध्वज सुनुवार, सचिव अञ्जना सुनुवार, सह सचिव भलराज तामाङ्ग, कोषाध्यक्ष मेघराज घिमिरे र सदस्यहरुमा कमल कुमारी श्रेष्ठ, निरुता भुजेल, लोक बहादुर मगर, गेल्जे शेर्पा, तेजनारायण श्रेष्ठ, शान्तमाया तामाङ्ग, कामी शेपा र लाङिमा शेर्पा रहनु भएको छ ।नयाँ कार्य समितीको निर्वाचन मण्डलमा प्रेम बहादुर जि.सीको संयोजकत्वमा, सदस्य सचिव किशोर सुनुवार र सदस्यको रुपमा मिना सुनुवार रहनु भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ४ : ०८ बजे