२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

मान्छे नेपाली : भाषा अंग्रेजी


५ आश्विन २०८१, शनिबार  

32
Shares

ओखलढुंगा (रेडियो ओखलढुंगा ) हामी नेपाल राष्ट्रको नेपाली जाती हौं । पृथ्वी नारायण शाहले स–साना राज्यहरुलाई आक्रमणगरि विशाल राष्ट्रको निर्माण पश्चात आजको नेपालको नाम गोर्खा शरद भनिन्थ्यो । प्रथम तथा दोस्रो विश्वयुद्धमा बहादुरका साथ लडी विश्वमा नै वीर गोर्खालीको नामले प्रसिद्ध कमाएकाले आज पनि हामिलाई विश्वमा वीर गोर्खालीको नामले सुपरिचित गराउछन् । हाम्रो देशमा झण्डै १२५ जातका मानिसहरु बसोबास गर्दछन् । हरेक आफ्नै भाषा, भेषभुषा संस्कृति, कला, धर्म, चालचलन आ–आफ्ना जातिको बीचमा आ–आफ्नै भाषा बोल्छन् । साझा भाषाको रुपमा नेपाली भाषाको प्रयोग हुन्छ । नेपाली भाषा राष्ट्रिय भाषा हो । पृथ्वीनारायण शााहले एकिकरण गरि विशाल नेपालको निर्माण भएपछि मात्र नेपाली भाषा सबै जातजाती बिचमा साझा भाषा प्रकाशन समिति तथा नेपाल प्रज्ञा प्रतिष्ठानको माध्यमद्धारा नेपाली भाषा परिमार्जित, विकाशित र समृद्ध हुदै आएको छ । सरकारी कार्यालयहरुमा काम काजको लागि राष्ट्रिय भाषा नेपाली भाषाको प्रयोग हुन्छ । आजकाल हाम्रो बोलचालको नेपाली भाषा खिचडीको रुपमा विकशित हुँदै आईरहेको अवस्था छ । खिचडी भने विभिन्न धेरै किसिमका खाद्य वस्तुहरु मिसिएर एउटै भाँडामा पकाई तयार पारिएको खाना हो । चिनजानको आफ्न्त मानिसहरुसँग भेटघाट हुँदा विहान दिउँसो साँझपख र रातमा क्रमशः शुभःप्रभात, शुभःदिन , शुभः साँझ, शुभःरात्री भन्नुको सट्टामा Good Morning, good day, good evening  / good night  र good night  अंग्रेजी भाषाका शब्दहरु प्रयोग गर्दछन् ।
राजनीतिक दलका नेताहरुले भाषण गर्दा एउटा वाक्यमा आफुले जाने जति धेरै जसो अ्रग्रेजी शब्दहरु नै प्रयोग गर्छन् । थोरै मात्र नेपाली भाषाका शब्दहरु प्रयोग हुन्छ । आजकाल अधिकांश हामी नेपालीहरु एकआपसमा कुराकानी गर्दा आफुले जाने सुनेसम्मका अंग्रेजी भाषाका शब्दहरु प्रयोग गर्नमा गर्व गर्दछौ र पाठशालाका अनुहारै नदेखेका निरक्षर मानिसहरुले पनि सुनेर जाने सम्मका अंग्रेजी भाषाका शब्दहरु प्रयोग गर्न रुचाउँछन् । अब निजी विद्यालय तर्फ ध्यानाकर्षण गरौं । विद्यार्थी भर्ना भएको प्रथम दिनमा dady ,momy, uncle aunti, brother, sister, sir miss, madam जस्ता शब्दहरु सिकाउने काम प्रथमिकतामा पर्दछ । बाबु, आमा, ठुलो बुबा, कान्छा बुबा, मामा फुपु, फुपाजु, ठुली आमा, कान्छी आमा, माईजु, दाजु, भाई, दिदि, बहिनी, गुरु बा, गुरु आमा जस्ता आफ्ना नेपाली राष्ट्रि«य भाषाका कुन नाता र सम्बन्ध हो ? बुझ्दैन्न् र प्रयोगमा पनि आउदैन । राष्ट्रका राष्ट्रिय भाषाका शब्दहरु प्राय विलय हुने निश्चित छ । निजी विद्यालयमा नेपाली भाषा बाहेक सबै विषयहरु अंग्रेजी भाषाका माध्यमद्धारा सिकाईने हुँदा अंग्रेजी भाषामा दख्खल हुन्छ तर आफ्नो राष्ट्रिय भाषा नेपाली विषयमा अत्यन्तै कमजोर हुन्छन् । देश भ्रष्टचारमा व्याप्त छ । अनि वैदेशिक ऋणमा चुर्लुम्म डुबेको छ । गरीबि र वेरोजगार बढ्दो अवस्थामा छ । रोजगारीको निम्ति विदेशमा जाँदा भाषाको समस्या अंग्रेजी भाषाले समाधान हुने हुँदा आजकाल अधिकांश अबिभावकहरुले आफ्ना बालबालीकाहरुलाई निजी विद्यालयहरुमा अध्ययन गराउँछन् । सामुदायिक विद्यालयहरुमा सबै विषयहरु नेपाली भाषाको माध्यमद्धारा सिकाईन्छ । अंग्रेजी विषय पनि नेपालीमा अनुवाद गरेर सिकाईने हुँदा विद्यार्थीहरु अंग्रेजी भाषामा कमजोर नै हुन्छन् । दैनिक उपभोकका सामानहरु विक्रि गर्ने पसलहरु, चिया खाजा पसलहरुमा राखिएका खाद्यान्न लगाएर तैयारी खाद्य वस्तुहरुमा बोरा तथा खोलामा पनि अंग्रेजी भाषा नै लेखिएको हुन्छ । नेपालमा बनाईएका तयारी खाद्य पदार्थहरु, तैयारी कपडा, चप्पल औषधी आदी ईत्यादी वस्तुहरुमा समेत अंग्रेजी भाषामा नै नाम तथा सम्बन्धी निर्देशन लेखिएका हुन्छन् ।यूरोपियन युनियनद्धरा नेपालमा लगानी गरिरहेका गैरसहकारी संस्थाहरु (
ओखलढुंगा, हामी नेपाल राष्ट्रको नेपाली जाति हौँ । पृथ्वी नारायण शाहले साना साना राज्यहरुलाई आक्रमणद्धरा पराजित गठरी विशाल राष्ट्रको निर्माण पश्चात आजको नेपालको नाम गोर्खा शरद भनिन्थ्यो । प्रथप तथा दोस्रो विश्वयुद्धमा साहसिक बहादुरका साथ लडी विश्वमा नै वीर गोर्खालीको नामले प्रसिद्ध कमाएकोले आज पनि हामिलाई विश्वमा वीर गोर्खालीको नामले सुपरिचित गराउछन् ।
हाम्रो देशमा झण्डै १२५ जातका मानिसहरु बसोबास गर्दछन् । हरेक आफ्नै भाषा, भेषभुष, सँस्कृति, कला, धर्म, चलन प्रचलन आ–आफ्ना जातिको बीचमा आ–आफ्नै भाषा बोल्छन् । साझा भाषको रुपमा नेपाली भाषाको प्रयोग हुन्छ । नेपाली भाषा राष्ट्रिय भाष हो । पृथ्वीनारायण शााहले एकिकरण गरि विशाल नेपालको निर्माण भएपछि मात्र नेपनली भाष सबै जातजाती बिचमा साझा भाषा प्रकाशनी समिति तथा नेपनल प्रज्ञा प्रतिष्ठानको माध्यमद्धरा नेपाली भाषा परिमार्जित, विकशित र समृद्ध हुदै आएको छ । सरकारी कार्यालयहरुमा काम काजको लागि राष्ट्रिय भाषा नेपाली भाषाको प्रयोग हुन्छ ।
आजकाल हाम्रो बोलचालको नेपाली भाषा खिचडीको रुपमा विकशित हुँदै आईरहेको अवस्था छ । खिचडी भने विभिन्न धेरै किसिमका खाद्य वस्तुहरु मिसिएर एउटै भाँडामा पकाई तयार पारिएको खाना हो । चिनजानको आफ्न्त मानिसहरुसँग भेटघाट हुँदा विहान दिउँसो साँझपख र रातमा क्रमशः शुभःप्रभात, शुभःदिन , शुभः साँझ, शुभःरात्री भन्नुको सट्टामा Good Morning, good day, good evening  / good night  र good night  अंग्रेजी भाषका शब्दहरु प्रयोग गर्दछन् ।
राजनीतिक दलका नेताहरुले भाषण गर्दा एउटा वाक्यमा आफुले जाने जति धेरै जसो अ्रग्रेजी शब्दहरु नै प्रयोग गर्छन् । थोरै मात्र नेपाली भाषका शब्दहरु प्रयोग हुन्छ । आजकाल अधिकांश हामी नेपालीहरु आपस्तमा कुराकानी गर्दा आफुले जाने सुनेसम्मका अंग्रेजी भाषका शब्दहरु प्रयोग गर्नमा गर्व गर्दछौ र पाठशालाका अनुहारै नदेखेका निरक्षर मानिसहरुले पनि सुनेर जाने सम्मका अंग्रेजी भाषका शब्दहरु प्रयोग गर्न रुचाउँछन् । अब निजस् विद्यालय तर्फ ध्यानाकर्षण गरौं । विद्यार्थी भर्ना भएको प्रथम दिनमा dady ,momy, uncle aunti, brother, sister, sir miss, madam जस्ता शब्दहरु सिकाउने काम प्रथमिकतामा पर्दछ । बाबु, आमा, ठुलो बुबा, कान्छा बुबा, मामा फुपु, फुपाजु, ठुली आमा, कान्छी आमा, माईजु, दाजु, भाई, दिदि, बहिनी, गुरु बा, गुरु आमा जस्ता आफ्ना नेपनली राष्ट्रि«य भाषाका कुन नाता र ुसम्बन्ध हो ? सबुझ्दैन्न् र प्रयोगमा पनि आउदैन । राष्ट्रका राष्ट्रिय भाषाका शब्दहरु प्राय विलय हुने निश्चित छ । निजी विद्यालयमा नेपाली भाषा बाहेक सबै विषयहरु अंग्रेजी भाषाका माध्यमद्धरा सिकाईने हुँदा अंग्रेजी भाषामा दख्खल हुन्छ तर आफ्नो राष्ट्रिय भाषा नेपाली विषयमा अत्यन्तै कमजोर हुन्छन् । देश भ्रष्टचारमा व्याप्त छ । अनि वैदेशिक ऋणमा चुर्लुम्म डुबेको छ । गरीबि र वेरोजगार बढ्दो अवस्थामा छ । रोजगारीको निम्ति विदेशमा जाँदा भाषाको समस्या अंग्रेजी भाषाले समाधान हुने हुँदा आजकाल अधिकांश अविभावकहरुले आफ्ना बाल बालीकाहरुलाई निजी विद्यालयहरुमा अध्ययन गराउँछन् । सामुदायिक विद्यालयहरुमा सबै विषयहरु नेपाली भाषाको माध्यमद्धरा सिकाईन्छ । अंग्रेजी विषय पनि नेपालीमा अनुवाद गरेर सिकाईने हुँदा विद्यार्थीहरु अंग्रेजी भाषामा कमजोर नै हुन्छन् ।
दैनिक उपभोकका सामानहरु विक्रि गर्ने पसलहरु, चिया खाजा पसलहरुमा राखिएका खाद्यान्न लगाएर तैयारी खाद्य वस्तुहरुमा बोरा तथा खोलामा पनि अंग्रेजी भाषा नै लेखिएको हुन्छ । नेपालमा बनाईएका तयारी खाद्य पदार्थहरु, तैयारी कपडा, चप्पल औषधी आदी ईत्यादी वस्तुहरुमा समेत अंग्रेजी भाषामा नै नाम तथा सम्बन्धी निर्देशन लेखिएका हुन्छन् ।
यूरोपियन युनियनद्धरा नेपालमा लगानी गरिरहेका गैरसहकारी संस्थाहरु (NGO INGO) प्रस्तुत गर्ने कार्यक्रमका कार्यपत्रहरुमा निति निर्देशन सम्बन्धी अंग्रेजी भाषमा नै सबै कुराहरु लेखिएका हुन्छन् । नेपालकै बैंकहरुमा ऋणीहरुसँग कारोबार गरिने कागजातहरुमा समेत अंग्रेजी भाषामा लेखिन थालेका छन् । आफ्नै देशको कतिपय कार्यक्रमहरुमा प्रस्तुत गरिने कार्यपत्रहरुमा समेत अंग्रेजी भाषामा तयार पारेका हुन्छन् र प्रस्तुत गर्दछन् ।
विश्वमा भएका विभिन्न भाषाहरु सिक्नु र उपयोग गर्नु अति नै राम्रो पक्ष हो । विश्वका तिक्ष्ण बुद्धि भएका कतिपय मानिसहरुले धेरैवटा भाषाहरु सिकेर त्यसमा दख्खल हासिल गरेका हुन्छन् । यो अत्यन्तै सराहनिय विषय वस्तु हो । भाषा भनेको एउटा यस्तो विधा हो, जुन सिकेर व्यवहारमा प्रयोग गरेर मात्र जानिन्छ । सकेसम्म धेरै वटा भाषाहरु सिक्नु तथा व्यवहारमा ल्याउनु उत्तम विषय हो । तर आफ्नो राष्ट्रिय भाषा लोप हुँदै जानु अत्यन्तै दुःखद् र गम्भीर खतरनाक विषय हो ।
एउटै देशमा दुई खालको शिक्षा दिने व्यवस्था हुनु विडम्वना हो । नेपाली राष्ट्रिय भाषा बोलचालको रुपमा खिचडी भाषाको रुपमा विकशित हुने क्रम बढ्दै जानु, अ्रग्रेजी भाषाले नेपाली भाषालाई विस्थापित गर्दै लैजानु दुःखद तथा चिन्ताको विषय हो । यस्तो कार्य गर्नु कुनैपनि अंग्रेजी भाषी विदेशीको षड्यन्त्रपूर्ण कार्यक्रम हुन सक्छ । अतः हाम्रो राष्ट्रिय भाषालाई विकृतिपूर्ण खिचडी भाषा हुाबाट जोगाउन विदेशी षड्यन्त्रपूर्ण कार्यक्रमलाई परास्त गर्न आवश्यक छ । यूरोपियन यूनियनले हाम्रो देशमा लागू गरिरहेको गैरसरकारी संस्था(NGO INGO) र ईशाइ धर्म सम्बन्धी नेपनली जातिलाई पक्षघात बनाउने राष्ट्रघाती कार्यक्रमहरु प्रतिबन्ध लगाउनु ढिलो गर्नु हुँदैन । अतः हाम्रो राष्ट्र, राष्ट्रियता र राष्ट्रिय भाषालाई जर्गेर्ना गरी संरक्षण गर्न विकसित र समृद्ध बनाउन तथा नेपाल आमाको मुहार चम्किलो र हँसिलो पार्न हामि सबै देशभक्त, स्वादेश प्रेमी बुद्धिजिवी विद्धतवर्गले अत्यन्तै गम्भिर सुझबुझको साथ बुझ्न र अग्रसरता लिन हाम्रो नितान्त परम कर्तव्य हुन आएको आवश्यक विषय वस्तु हो । समस्त राष्ट्रबासीले आफ्नो राष्ट्रिय भाषा नेपाली भाषाको जगेर्ना गरी संरक्षण गर्नु हाम्रो परम कर्तव्य हो ।नेपालकै बैंकहरुमा ऋणीहरुसँग कारोबार गरिने कागजातहरुमा समेत अंग्रेजी भाषामा लेखिन थालेका छन् । आफ्नै देशको कतिपय कार्यक्रमहरुमा प्रस्तुत गरिने कार्यपत्रहरुमा समेत अंग्रेजी भाषामा तयार पारेका हुन्छन् र प्रस्तुत गर्दछन् । विश्वमा भएका विभिन्न भाषाहरु सिक्नु र उपयोग गर्नु अति नै राम्रो पक्ष हो । विश्वका तिक्ष्ण बुद्धि भएका कतिपय मानिसहरुले धेरैवटा भाषाहरु सिकेर त्यसमा दख्खल हासिल गरेका हुन्छन् । यो अत्यन्तै सराहनिय विषय वस्तु हो । भाषा भनेको एउटा यस्तो विधा हो, जुन सिकेर व्यवहारमा प्रयोग गरेर मात्र जानिन्छ । सकेसम्म धेरै वटा भाषाहरु सिक्नु तथा व्यवहारमा ल्याउनु उत्तम विषय हो । तर आफ्नो राष्ट्रिय भाषा लोप हुँदै जानु अत्यन्तै दुःखद् र गम्भीर खतरनाक विषय हो ।
एउटै देशमा दुई खालको शिक्षा दिने व्यवस्था हुनु विडम्वना हो । नेपाली राष्ट्रिय भाषा बोलचालको रुपमा खिचडी भाषाको रुपमा विकशित हुने क्रम बढ्दै जानु, अ्रग्रेजी भाषाले नेपाली भाषालाई विस्थापित गर्दै लैजानु दुःखद तथा चिन्ताको विषय हो । यस्तो कार्य गर्नु कुनैपनि अंग्रेजी भाषी विदेशीको षड्यन्त्रपूर्ण कार्यक्रम हुन सक्छ । अतः हाम्रो राष्ट्रिय भाषालाई विकृतिपूर्ण खिचडी भाषा हुनबाट जोगाउन विदेशी षड्यन्त्रपूर्ण कार्यक्रमलाई परास्त गर्न आवश्यक छ । यूरोपियन यूनियनले हाम्रो देशमा लागू गरिरहेको गैरसरकारी संस्था(NGO INGO) र ईशाइ धर्म सम्बन्धी नेपाली जातिलाई पक्षघात बनाउने राष्ट्रघाती कार्यक्रमहरु प्रतिबन्ध लगाउनु ढिलो गर्नु हुँदैन । अतः हाम्रो राष्ट्र, राष्ट्रियता र राष्ट्रिय भाषालाई जर्गेर्ना गरी संरक्षण गर्न विकसित र समृद्ध बनाउन तथा नेपाल आमाको मुहार चम्किलो र हँसिलो पार्न हामि सबै देशभक्त, स्वादेश प्रेमी बुद्धिजिवीले अत्यन्तै गम्भिर सुझबुझको साथ बुझ्न र अग्रसरता लिन हाम्रो नितान्त परम कर्तव्य हुन आएको आवश्यक विषय वस्तु हो । समस्त राष्ट्रबासीले आफ्नो राष्ट्रिय भाषा नेपाली भाषाको जगेर्ना गरी संरक्षण गर्नु हाम्रो परम कर्तव्य हो ।

धनराम श्रेष्ठ
सिद्धिचरण नगरपालिका ११ कमेरेडाँडा, ओखलढुंगा

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ३६ बजे