३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

असोज ७ गतेबाट ओखलढुंगामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने


५ आश्विन २०८१, शनिबार  

22
Shares


ओखलढुंगा । ओखलढुंगामा असोज ७ गतेबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखेर अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिने भएको हो ।असोज ७ गते बाट आगामी माघ २ गतेसम्मका लागि सुपथ मुल्यको पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलढुंगाका शाखा प्रमुख मौसम माझीले जानकारी दिनुभयो । स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामलमा प्रति केजी पाँच रुपैयाँ छुट दिइने छ । अहिले प्रति केजी ९४ रुपैयाँ बजार भाउ रहेको स्टिम जिरा मसिनो चामल सहुलियतमा ८९ रुपैयाँको दरले विक्री गर्दा २५ केजीको एक बोराको सहुलियत पसलमा दुई हजार २२५ मात्रै पर्नेछ ।
यस्तै अहिले प्रति केजी ६५ रुपैयाँ बजार भाउ रहेको अरुवा सोना मन्सुली चामल सहुलियतमा ६० रुपैयाँको दरले विक्री गर्दा २५ केजीको एक बोराको सहुलियत पसलमा एक हजार ५०० मात्रै पर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ५३ बजे