२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

ओखलढुंगामा हालसम्म ६१ जनामा डेंगी संक्रमण पुष्टि


६ आश्विन २०८१, आइतबार  

28
Shares

ओखलढुंगा ( रेडियो ओखलढुंगा ) जिल्लामा हालसम्म ६१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
जिल्लामा हाल सम्म ३२ जना पुरुष र २९ जना महिला गरि ६१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका सूचना अधिकारी विवेक पोखरेलले जानकारी दिनुभयो ।
संक्रमण रोकथामका लागि मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको विभिन्न क्षेत्रमा लार्भा नष्ट र बिषादी छिड्काउ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा डेंगी परिक्षण र उपचार भइरहेको छ । डेंगी संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट बच्ने बारे सतर्कता अपनाउन स्वास्थ कार्यालयले नागरिकलाई आग्रह गरेको छ । लामखुट्टेको टोकाई बाट बच्न घर, कार्यालय वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पुरा बाहुला भएको कपडा लगाउन आग्रह गरिएको छ । डेंगी लागेको शंका लागेमा वा अत्याधिक टाउको दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने लगायतका स्वास्थ्य समस्या भएमा तत्काल परिक्षण गराएर उपचार गराउन स्वास्थ्य कार्यायले आग्रह गरेको छ । संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वाथ्य कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : ३५ बजे