ओखलढुंगा (रेडिया ओखलढुंगा ) नेपाल केयर कन्सर्न, काठमाडौंले नेचासल्यान १ का विद्यालयहरुमा स्टेशनरी सामाग्री वितरण गरेको छ । वडाको ३ वटा विद्यालयका लागि स्टेशनरी सामाग्री वितरण गरेको हो ।
सगरमाथा आधारभूत विद्यालय विर्खे, जन दिव्य आवि लेब्लु, भगवती आवि टुहुरेका करीव एक सय ५० विद्यार्थीलाई कपी, किताब लगायतको साामाग्री वितरण गरेको संस्थाका अध्यक्ष मिङमार सार्की शेर्पाले जानकारी दिनुभयो
सन् २०१६ देखि संस्थाले पालिकाभित्रका विद्यालयहरुमा कम्प्युटर, अंग्रेजी विषयको शिक्षक, क्लोज सर्किट क्यामेरा, बाल बगैंचा निर्माण लगायतमा सहयोग गर्दै आइरहेको छ । संस्थाले यस बर्ष सगरमाथा र जनदिव्य आविमा अंग्रेजी विषयको शिक्षकका लागि सहयोग गर्ने निर्णय भएको कोषाध्यक्ष दावा साङ्गे शेर्पाले जानकारी दिनुभयो ।
सगरमाथा आधारभूत विद्यालयमा वडा नं. १ का अध्यक्ष रमेश कुमार राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्टेशनरी सामाग्री वितरण गर्दै अध्यक्ष शेर्पाले ग्रामिण क्षेत्रको शैक्षिक उन्नयनका लागि विभिन्न दातृ संस्थाको सहयोगमा कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष शेर्पाकै पहलमा सगरमाथा आधारभूत विद्यालय शेर्पा मातृभाषा पठनपाठनको व्यवस्थापन, प्रविधियूक्त शिक्षण सिकाईको शुरुवात भएको प्रधानाध्यापक विनोद वस्नेतले बताउनुभयो ।
८ आश्विन २०८१, मंगलबार
32
Shares