ओखलढुंगा (रेडिया ओखलढुंगा )ओखलढुंगाको चिशंखुगढी गाँउपालिकाले उत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ । । ५९ औँ राष्ट्रिय बालदिवसको अवसरमा चिशंखुगढी गाँउपालिकाले आयोजना गरेको एक कार्यक्रमका बिच प्रमाणपत्र र नगदसहित सरस्वती माध्यामिक विध्यालयलाई सम्मान गरिएको हो । उत्कृष्ट विद्यालयको रूपमा प्रमाणपत्र र नगद रु ५० हजार रकम सहित सम्मान गरिएको हो । साथै उक्त कार्यक्रममा सरस्वती माध्यामिक विध्यालयका २ जना उत्कृष्ट छात्रछात्रा लाई समेत ३५÷३५ हजार नगत र प्रमाणपत्र सहित सम्मान गरेको हो ।
विव्यस अध्यक्ष जीवन कुमार थापा र प्रधानाध्यापक चन्द्रबहादुर भुजेलको कुशल नेतृत्व तथा शैक्षिक उन्नयनमा खेलेको भुमिकाका कारण विद्यालय उत्कृष्ट भएको हो । “कृषि पर्यटन र दिगो पूर्वाधार, समृद्ध चिशंखुगढीको बलियो आधार” “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी”भन्ने मुल नाराका साथ पालिकाले आयोजना गरेको उक्त कार्यक्रममा गाँउपालिका अध्यक्ष निशान्त शर्मा गाँउपालिका उपाध्यक्ष सन्तोष बाबु थापा , प्रमुख प्रशासकिय अधिकृत लोकमनी खनाल ,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लेखनाथ धमला सरस्वती माध्यामिक विध्यालयका अध्यक्ष जीवन कुमार थापा र पालिका भित्रका विध्यालय प्रतिनिधि शिक्षाप्रेमि र बिद्यार्थीहरु लगायतका अन्य विशिष्ट ब्यक्तिहरुको सहभागीता रहेको थियो ।