ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको मानेभन्ज्याङमा प्रथम चौरास प्रीमियर लिग सिजन–१ पुरुष फुटबल प्रतियोगिता भोलिबाट सुरु हँुदै छ । मानेभन्ज्याङ गाउँपालिका–३ उँबु रिनुवाल ब्वाकुला खेलमैदानमा भोलिबाट प्रथम चौरास प्रीमियर लिग सिजन–१ पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । “एकताको लागि खेलकुद, स्थानीय विकास र आन्तरिक पर्यटन प्रवर्द्धनको लागी चौरास प्रीमियर लिग सिजन –१ ” भन्ने…