२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

निवर्तमान वडा अध्यक्ष मगर एमालेमा होमिए



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं. ६ जन्तरखानीका निवर्तमान वडा अध्यक्षसहित २ सय ७० जना एमालेमा प्रवेश गरेका छन् । २०७४ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित मदनबहादुर मगरसहित २ सय ७० जना एमाले प्रवेश गरेका हुन् ।
माओवादी, कांग्रेस, जसपा र एकिकृत समाजवादीका नेता कार्यकर्तालाई पूर्वमन्त्री अम्बिरबाबु गुरुङसहितका नेताहरुले खादामाला लगाई दिई पार्टीमा स्वागत गरेको निवर्तमान उपमेयर इच्छाकुमारी गुरुङले जानकारी दिए ।
मंसिर ४ मा हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन आफूले पार्टी परिवर्तन गरेको मगरले प्रतिकृया दिए । स्थानीय तह निर्वाचनमा माओवादी र एकिकृत समाजवादीबाट वडाअध्यक्ष र सदस्यका उम्मेदवार बनेकाहरु एमाले प्रवेश गरेको भरखरै एस छोडेर एमाले आएका युवा नेता मनोज मगरले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : ४९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित