२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

एक घरमा आगलागि हुदा ११ लाख बढीको क्षति




ओखलढुंगा (रेडियो ओखलढुंगा ) चिसंखुगढी गाउँपालिकाको एक घरमा आगलागि हुदा ११ लाख बढी क्षति भएको छ । चिसंखुगढी गाउँपालिका –७ खानिगाउँका शेषराज दाहालको २ तले घरमा आज विहान १ बजेको समयमा अचानक आगलागि हुदा पुर्णरुपमा घर जलि ११ लाख ९८ हजार ७ सय क्षति भएको प्रहरीले जनाएको छ। घरमा रहेको १ लाख नगद, ८० हजार बराबरको सुन, भाँडावर्तन, लत्ताकपडा र फर्निचर जलि नष्ठ भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगका सुचना अधिकारी बालिष्टर सिंहले जानकारी दिनुभयो ।आगलागिबाट मानविय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ३ : २१ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित