२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सार्वजनिक विदाका दिनमा पनि नियमित सेवा प्रवाह गर्ने




ओखलढुंगा (रेडियो ओखलढुंगा )जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले सार्वजनिक विदाका दिनहरुमा पनि नियमित सर्वजनिक सेवा प्रवाह गर्ने भएको छ । सरकारले सार्वजनिक दिनहरुमा समेत सर्वसाधारनलाई नियमित सेवा प्रवाह दिने व्यावस्था मिलाइए सँगै जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले राष्ट्रिय परिचय पत्र, नागरिकता, र राहदानी सम्बन्धी नियमित सेवा दिने भएको हो । यो व्यवस्था २०८१ बैशाख १ गते देखि चैत मसान्त सम्म लागु हुने बताइएको छ । आज शुक्रबार जिल्ला प्रशासन कार्यलयले एक सूचना जारि गर्दै २०८१ सालमा बुद्ध जयन्ती, चण्डी पूर्णिमा, उभौलि पर्व, गणतन्त्र दिवस रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी साथै घटस्थापनाका दिनहरुमा पनि सेवा नियमित रुपमा दिइने जनाएको छ । सरकारले प्रकाशन गरेको राजपत्रमा तमु ल्होसार, माघी पर्व साथै अन्य पर्व तथा दिवसको दिन पनि सर्वजनिक सेवा प्रवाह गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : २४ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित