२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पलापुमा बजार अनुगमन‚ अखाद्य वस्तु नष्ट




ओखलढुंगा (रेडियो ओखलढुंगा )अनुगमनमा भेटिएको अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान नष्ट गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नेतृत्वमा ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको वडा नं १ र २ पर्ने पलापु र आसपासका बजार क्षेत्रमा अनुगमन गरेर १८ हजार बढीका अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख प्रशासकिय अधिकृत पुष्पलाल धमला नेतृत्वको अनुगमन टोलीले जफत गरिएका अखाद्य वस्तुहरुलाई प्रहरी चौकी पलापु र चम्पादेवी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष निर्मलादेवी मगरको रोहवरमा नष्ट गरिएको हो । विभिन्न खाद्य , किराना पसल तथा होटलहरुबाट म्याद गुज्रिएका सामाग्रीहरुलाई जफत गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पद्धार्थहरु, चिजवल, कुरमुरे खाद्य सामग्री फेला पारेको थियो ।अनुगमनबाट १८ हजार ९ सय २० को अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान नष्ट गरिएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ११ : ०६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित