२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भोलि बाट




ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगामा जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता फागुन ११ गते बाट हुने भएको छ । प्रतियोगिता फागुन ११ गते देखी १४ गते सम्म सिद्धिचरण नगरपालिका –४ को रुम्जाटार मा.वि को खेल मैदानमा हुने भएको हो । प्रतियोगितामा भलिवल तर्फ छात्र, छात्रा, कबड्डी छात्र,छात्रा खेल समावेश गरिने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रबिण श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा भलिवल र कबड्डीका आलावा ऐथ्लेक्टीस दौड, रिले दौडमा छात्र, छात्रा समावेश गरिएको अध्यक्ष श्रेष्ठले जनाकारी दिनुभयो । प्रतियोगितामा उफ्रने फ्याक्ने तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट, मार्शल आर्ट तफर्का विभिन्न विद्याहरु समेत प्रतियोगितामा समावेश गरिएको आयोजकले जनाएको छ

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ६ : ५३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित