ओखलढुंगाकी शान्ति भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को आबुधाबीमा बस चलाउने लाइसेन्स बनाएकी छन्। युएईका अरू भागमा पनि महिलाहरूले बस चलाउने लाइसेन्स पाउन थालेको धेरै भएको छैन। अहिले फिलिपिन्सका दुई जना र एक जना केन्याली महिलाले युएईमा बस चलाइरहेका छन्। ८ वर्षअघि पार्लरमा काम गर्न युएई गएकी ४० वर्षकी शान्तिले केही महिनाअघि आबुधाबीमा बस चलाउने…