१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

जिल्लामा गुनासो रहित काम गर्ने प्रजिअ ःढकाल



ओखलढुंगा (रेडियो ओखलढुंगा ) प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले जिल्ला प्रशासन कार्यलयले जनताको भरोसाको केन्द्रबिन्दुको रुपमा रहेर काम गर्ने बताउनु भएको छ । आज पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा आपनो कार्यकालको दौउरानमा आफू नयाँ भएकाले जिल्लामा शुसासन कायम राख्ने, नियमनका कुराहरु सहजिकरण गर्ने, प्रशासनले गर्नु पर्ने कामहरुमा नागरिक सँग सहजिकरण गर्ने कुरामा नागरिकको केन्द्रविन्दुमा रहेर काम गर्ने बताउनु भएको हो । यस्तै जिल्लामा भइरहेको विकास निमार्ण यातायत व्यवस्थापन,सामाजिक, आर्थिक, धार्मिक लगायत मुद्धाका गतिविधिहरु आन्तिरिक रुपमा बुझेर गुनासो रहित काम गर्ने प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : ४३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित