१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

ओखलढुंगामा दुई महिनामा ३ हजार बढीले लिए राहदानी



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगामा २ महिनाको अन्तरालमा ३ हजार ६ सय ३३ जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट कार्तिक र मसिंर महिनामा विद्युतीय र अनलाईन ईन्रोलमेन्ट दुवै माध्यमबाट ३ हजार ६ सय ३३ जनाले राहदानी लिएका हुन् ।
जसमध्ये १ हजार ६ सय ५९ जनाले विद्युतीय राहदानी वितरणको माध्यमबाट लिएका छन् भने २ हजार ८४ जनाले अनलाईन ईन्रोलमेन्टको माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको मासिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये मसिंर महिनामा १ हजार ३ सय ७७ जना र कार्तिक महिनामा २ हजार ७ सय ६६ जनाले दुवै माध्यमबाट राहदानी लिएका छन् । राहदानीतर्फ पनि मसिंर महिनामा भन्दा कार्तिकमा धेरैले लिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ४५ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित